'यूएई ए' माथि नेपालको जित
काठमाडाैं | साउन ३, २०८०
काठमाडौं: एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।
यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।
ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रामक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।
उनी पहाद नवाजको बलमा १२.६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् ।
१३ ओभरमा ९–२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए ।
पाँचौं विकेटको रुपमा गुल्सन झा ११ रन बनाएर मोहम्मद फराजुद्धिनको बलमा विकेटकिपर आर्यन्स शर्माबाट स्टम्पिङ भए । सिमसिम पानी पर्दै गरेको मौसममा ९ रन चाहिने अवस्थामा नेपालका कप्तान रोहित पौडेल ९ रनमा क्याच आउट भए । पवन सरार्फ मोहम्मद फराजुद्धिनको बलमा बोलड भए । कुशल मल्ल र प्रतिश जिशी क्रमशः २ र ८ रनमा अविजित रहे ।
यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद जवादुल्लाहले २ विकेट लिए ।
यसअघि, श्रीलंकाको पी सारा ओभलमा मा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।
खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरापमा पारे ।
तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए । त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे ।
उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए । ४४ औं ओभरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

